Skip This
कम्बोडियामा ज्यान गुमाएका निराकारको शव शुक्रबार नेपाल आइपुग्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ५ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ५ बिहीबार २o:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कम्बोडियामा ज्यान गुमाएका निराकारको शव शुक्रबार नेपाल आइपुग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ५ बिहीबार २o:५२:oo

कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटेल (क्यासिनो) मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ।
  
क्यासिनोमा आगलागी हुँदा होटेलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हाम्फाल्दा पाण्डेको ज्यान गएको थियो। 

कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो। तर, शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइने बताइएको छ।

निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्यान्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदै छ। शव शुक्रबार राति १०ः३० बजे काठमाडौं आइपुग्ने र राति नै शव झापा ल्याउने तयारी गरिएको एमालेका बिर्तामोड नगरअध्यक्ष सुवास भट्टराईले जानकारी दिए। नगरअध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिबार झापा आइपुग्ने भएको छ।

निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो शव नेपाल ल्याउन सरकारी अधिकारीलाई यसअघि नै निर्देशन दिएका थिए। शव नेपाल ल्याउन सरकारले नै खर्च व्यहोर्ने निर्णयसमेत भएको छ। सरकारको निर्णयअनुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो।  

शव नेपाल ल्याउन कम्बोडियासमेत हेर्ने थाइल्यान्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ। दूतावासलाई एनआरएनए कम्बोडियाले सहजीकरण गरिरहेको बताइएको छ।