Skip This
चीन र रुससँग सैन्य अभ्यास गर्दै दक्षिण अफ्रिका
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ ५ बिहीबार
  • Tuesday, 16 September, 2025
२o७९ माघ ५ बिहीबार १७:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीन र रुससँग सैन्य अभ्यास गर्दै दक्षिण अफ्रिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ५ बिहीबार १७:o४:oo

रुसले युक्रेनमाथि आक्रमण गरेपछि मस्कोको पक्षमा उभिन आनाकानी गर्दै आएको दक्षिण अफ्रिकाले आगामी महिना आफ्नो समुद्र तटमा चीन र रुससँग संयुक्त रूपमा सैन्य अभ्यास गर्ने घोषणा गरेको छ। 

विगतदेखि नै चीन र रुससँग सुमधुर रहेको देशको सम्बन्धलाई अझ सुदृढ बनाउन तीनवटै राष्ट्रका सेनाबीच बहुराष्ट्रिय जलसैन्य अभ्यास हुने दक्षिण अफ्रिकी सेनाले बिहीबार बताएको छ।

 आगामी फेब्रुअरी १७ देखि ‘मोसी’ संयुक्त सैन्य अभ्यास हुने दक्षिण अफ्रिकाको राष्ट्रिय प्रतिरक्षा बलले जनाएको हो। तीन देशका जलसेनाको यो दोस्रो संयुक्त अभ्यास हुनेछ। चार वर्षअघि यस्तै अभ्यास केपटाउनमा भएको थियो। 

सैन्य कारबाहीलगायत आधारभूत सीप र ज्ञान आदानप्रदान गर्न आफ्ना चिनियाँ र रुसी समकक्षीसँग देशका तीन सय ५० सैनिक कर्मचारीले संयुक्त अभ्यासमा भाग लिने दक्षिण अफ्रिकी सेनाले जनाएको छ। 

दक्षिण अफ्रिका ब्राजिल, रुस, भारत र चीन सदस्य रहेको ब्रिक्सको हालै अध्यक्ष बनेको हो। अमेरिका र युरोपले नेतृत्व गरेका विश्वव्यापी शासनका संरचनालाई चुनौती दिन ब्रिक्स स्थापना भएको ठानिन्छ। 

दक्षिण अफ्रिकाले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गर्न अस्वीकार गरेको छ। पश्चिमा राष्ट्रले भने रुसमाथि धेरै किसिमका प्रतिबन्ध लगाएका छन्। रासस