१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

को हुन् सभामुख देवराज घिमिरे ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५१:oo

सत्तागठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएका एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। 

सभामुख पदको निर्वाचनमा दुई सय ६८ सदस्य उपस्थित भएकामा घिमिरेको पक्षमा एक सय ६७ मत खसेकाे छ। घिमिरे गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा झापा २ बाट निर्वाचित भएका थिए। 

ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका– ३ मा बुबा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट १२ जना छोराछोरीमध्ये माइलो छोराको रूपमा ०१३ साल जेठ १३ गते देवराज घिमिरेको जन्म भएको थियो। 

निम्नमध्मम परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाइस्कुलबाट ०२९ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। 

उनले धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आई.ए. र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन पूरा गरेका छन्। ०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे ०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका थिए। 

०३३ सालमा आफ्नो अध्ययनलाई थाती राखेर गाउँ–गाउँमा पार्टीको संगठन निर्माणमा खटिएका थिए। घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको तीन वर्षपछि ०३५ साल भदौमा नेपाल कम्युनिसट पार्टीको सदस्यता प्राप्त गरेका थिए। 
पार्टीको सदस्यता प्राप्तपछि घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा पार्टीका महत्वपूर्ण भूमिकामा रहेर जिम्मेवारी निर्वाह गर्दै आएका छन्। 

०३५ साल पुस ११ गते कम्युनिस्ट घटकहरू मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठकका रूपमा काम गरे। ०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख र ०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरणपछि सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। 

यस्तै, ०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज, यस्तै ०५६ सालमा राष्ट्रिय सभा सदस्य, ०५८ सालमा केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज र  त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्ज हुँदै ०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए। 

०७८ सालमा सम्पन्न नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश १ का  इन्चार्जका रूपमा कार्यरत छन्।