मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ५ बिहीबार ११:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले भेटे विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ५ बिहीबार ११:१२:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । बिहीबार बिहान महाराजगन्जस्थित टिचिङ अस्पताल पुगेर उनले दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका हुन् ।

प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिए । त्यसका लागि सरकारको तर्फबाट आवश्यक सहयोग माग्न पनि उनले अस्पतालका पदाधिकारीलाई आग्रह गरे ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका साथै मृतकका आफन्तसँग भेटघाट गरेका हुन् । परिवारप्रति समवेदना प्रकट गर्दै उनले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी गराए ।