मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ४ बुधबार १६:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उम्मेदवारी दर्तापछि न्यौपानेले भनिन्- विजयनजिक छु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ४ बुधबार १६:०५:००

कांग्रेसबाट सभामुख पदमा ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा प्रस्तावक र समर्थकमा एकीकृत समाजवादीबाट प्रमुख सचेतक प्रकाश  ज्वाला छन्। 

उम्मेदवारी दर्तापछि उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निर्वाचनमा जय र पराजय सामान्य रहेको बताइन्। उनले भनिन्, ‘निर्वाचनमा जय र पराजय दुवै स्वीकार गर्नुपर्छ। म डेमोक्य्राट हुँ। म विजयनजिक छु भन्ने लाग्छ।’  

न्यौपानेले आफू सभामुख पदमा निर्वाचित भएपछि संसदप्रति जिम्मेवार र तटस्थ भएर जिम्मेवारी निर्वाह गर्ने बताइन्। यसअघि न्यौपाने सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाध्यक्षता गर्ने अध्यक्षमण्डलको सदस्य थिइन्।

उनले संसद्को पहिलो बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले आराम गर्दा अध्यक्षता गरेकी थिइन् । अनेमसंघ, कांग्रेस केन्द्रीय सदस्य हुँदै न्यौपाने पार्टीको प्रमुख सचेतक भइसकेकी हुन्।

तस्बिर : अमुल थापा/ नयाँ पत्रिका