१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकमको नेटवर्क ‘१५ मिनेट डाउन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:o७:oo

 नेपाल टेलिकमको मोबाइल तथा ल्यान्डलाइन (पिएसटिएन) सेवा मंगलबार करिब डेढ घन्टा अवरुद्ध भयो । मध्याह्न १२ बजेदेखि साढे एक बजेटसम्म टेलिकमका प्रयोगकर्ताको फोन नलाग्ने, एसएमएस नजानेजस्ता समस्या देखिएको थियो । प्राविधिक समस्या आएका कारण केहीबेर सेवा अवरुद्ध भए पनि तत्कालै समाधान गरी सेवा पुनः सञ्चालनमा आएको टेलिकमले सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।

उसले समस्या देखिँदा मोबाइललाई एकपटक अफ गरेर पुनः अन गरी चलाउन आग्रहसमेत गर्‍यो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले विभिन्न प्रणालीहरूलाई जोड्ने प्रणालीमै समस्या आएपछि केहीबेर सेवा अवरुद्ध हुन पुगेको बताए । 

‘प्राविधिक समस्या आयो, तत्कालै १० देखि १५ मिनेटबीचमा समस्या समाधान भएर अवरुद्ध सेवा खुल्यो,’ उनले भने, ‘तर, सेवा अवरुद्ध भएको हो कि होइन भनेर यकिन गर्न धेरै प्रयोगकर्ताले एकैपटक धेरै कल र म्यासेज आदान–प्रदान गर्न खोज्दा थप केही समय नेटवर्कमा समस्या आयो ।’ टेलिकमले केहीबेर भने पनि प्रयोगकर्ताले करिब डेढ घन्टा समस्या झेल्नुपरेको गुनासो छ । 

टेलिकमले के कारणले समस्या आएको हो भनेर अध्ययन (रुट कज एनालिसिस–आरसिए)समेत गर्ने भएको छ । अर्कोपटक पनि यस्तो समस्या नआओस् र देखिएको कमजोरी समाधान होस् भनेर आरसिए गर्ने गरिन्छ ।