मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
नयाँ पत्रिका काठमाडौँ
२०७९ माघ ३ मंगलबार १०:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यती विमान दुर्घटना : नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौं ल्याइँदै    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ माघ ३ मंगलबार १०:३०:००

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४९ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै छ ।  

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौं पठाउने तयारी भइरहेको छ । दुर्घटनामा निधन भएका बाँकी २३ को शव भने पोखरामा परीक्षणपछि आफन्तलाई बुझाइनेछ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा शव लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले आज पोखराको मौसम सफा रहेकाले बिहान १० बजेपछि शव काठमाडौं आइपुग्ने जानकारी दिए । शव ल्याउन सेनाको हेलिकोप्टर सोमबारै पोखरा पुगेको थियो ।    

चालक दलका सदस्यहरू, विदेशी नागरिक र पहिचान हुन नसकेका शव डिएनए परीक्षणका लागि मंगलबार काठमाडौंको टिचिङ अस्पताल पठाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । 

दुर्घटनामा बेपत्ता तीनजनाको खोजीकार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य  जारी राखेकाे छ ।