मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ माघ ३ मंगलबार १०:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि आज तेस्रोपटक निर्वाचन हुँदै 

Read Time : < 1 मिनेट
२०७९ माघ ३ मंगलबार १०:०७:००

सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । अहिले बिहान १० बजे बोलाइएको प्रदेश सभा बैठकमा निर्वाचन गर्ने कार्यतालिका छ । सभामुखका लागि सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलबीच प्रतिस्पर्धा छ ।

यसअघि दुईपटक निर्वाचन भए पनि सभामुख चयन हुन सकेको छैन । सभामुख चयन गर्न २८ र ३० पुसमा निर्वाचन भएको थियो, तर दुवै उम्मेदवारले बहुमत पाउन सकेनन् । ५३ सदस्यीय प्रदेश सभामा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।

२८ पुसमा सत्ता पक्षलाई बहुमत पुग्न एक मत कम भएको थियो । भण्डारीले २६ र रावलले २४ मत पाएका थिए । एमाले र नागरिक उन्मुक्ति पार्टीका एक–एकजना सदस्य मतदानमा सहभागी भएका थिएनन् । सत्ता पक्षलाई समर्थन गरेको नागरिक उन्मुक्ति ३० पुसमा भने तटस्थ बस्यो । टीकापुर घटनाका बन्दीलाई छुटाउने सहमति कार्यान्वयन नभएको भन्दै नागरिक तटस्थ बसेपछि सत्ता पक्षलाई बहुमत पुगेन ।

आज हुने निर्वाचनमा भने नागरिक उन्मुक्तिले सत्ता पक्षका उम्मेदवारको पक्षमा मतदान गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ हिजो धनगढी पुगेर आफ्नो पार्टीका प्रदेश सभा सदस्यहरूलाई सत्ता पक्षमा मतदान गर्न निर्देशन दिएको बताइएको छ ।