Skip This
सुदूरपश्चिम प्रदेश : सभामुखका लागि ६ बजे पुनः मतदान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३० शनिबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष ३० शनिबार १७:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश : सभामुखका लागि ६ बजे पुनः मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ३० शनिबार १७:१९:oo

सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ ६ बजे पुनः मतदान हुने भएको छ। बिहीबार भएको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि आज पुनः मतदान हुन लागेको हो। 

आज बिहान बसेको सर्वदलीय बैठकमा सबै दल सहमत भएपछि चुनावको मिति तोकिएको हो। सभामुखका लागि सत्तागठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन्। 

त्रिपन्न सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत चाहिन्छ। तर, बिहीबारको चुनावमा गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत प्राप्त गर्नुभयो भने कांग्रेसका रावलले २३ मत पाएका थिए। 

सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक तथा कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एक स्वतन्त्र सदस्य छन्।