१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३० शनिबार
  • Friday, 09 May, 2025
२o७९ पौष ३० शनिबार १४:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बेलायत-अमेरिकाको विरोधबीच इरानद्वारा दोहोरो नागरिकता लिएका पूर्वमन्त्रीलाई मृत्युदण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ३० शनिबार १४:५४:oo

इरानले पूर्वमन्त्रीलाई बेलायतका लागि जासुसी गरेको अभियोगमा मृत्युदण्ड दिएको छ। राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा मृत्युदण्डको विरोध भए पनि इरानले उनलाई मृत्युदण्ड दिएको हो।

इरान र बेलायतको दोहोरो नागरिकता लिएका भूतपूर्व रक्षा उपमन्त्री अलीरेजा अकबरीलाई बेलायतको गुप्तचर संस्था एमआई–६ का निम्ति जासुसी गरेकाले हालै फाँसी दिएको शनिबार घोषणा गरेको हो।

गत बुधबार अकबरीको परिवारलाई उनलाई भेट्न कारागारमा जान भनिएको तथा उनकी पत्नीले एकान्त कारागारमा आफ्ना पतिलाई सारिएको बताइन्।अकबरीलाई तीन वर्षअघि पक्राउ गरिएको थियो । जासुसीको आरोपमा उनलाई दोषी ठहर गरिए पनि उनले सबै आरोप अस्वीकार गर्दै आएका थिए। 

बेलायतले इरानलाई मृत्युदण्ड रोक्न तथा उनलाई तत्काल रिहा गर्न आग्रह गरेको थियो। बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले मृत्युदण्डको सजाय मानव जीवनलाई पूर्ण रुपमा बेवास्ता गर्ने बर्बर शासनद्वारा राजनीतिकरूपमा प्रेरित काम भएको टिप्पणी गरेका थिए।

अमेरिकाले पनि इरानको उक्त कदमको आलोचना गरेको छ। अकबरीमाथि लगाइएको आरोप र मृत्युदण्डको सजायलाई ‘राजनीति प्रेरित’ भन्दै हिरासतमा यातना दिएर आरोप स्वीकार गर्न बाध्य पारिएका खबरले चिन्तित तुल्याएको बताएको छ।