१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:o१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

घनश्याम भुसाल समाजवादीमा प्रवेश 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:o१:oo

वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार स्वघोषणा कार्यक्रममार्फत भुसाल समाजवादीमा प्रवेश गरेका छन् । रुपन्देही ३ मा पूर्वपार्टी एमालेले सांसदको टिकट नदिएपछि कांग्रेस र माओवादीसहितको गठबन्धनको समर्थनमा उनी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लडेका थिए । भुसाललाई एमाले सचिव छविलाल विश्वकर्माले पाँच हजार मतान्तरमा पराजित गरेका थिए । 

एकीकृत समाजवादीको सैद्धान्तिक जग नै आफ्ना लागि उपयुक्त भएकाले एमालेबाट विद्रोह गर्दा नै आफूले प्रवेशको सोच बनाइसकेको स्मरण गरे । ‘एमालेबाट अलग हुँदा भनेको थिएँ, म एकीकृत समाजवादीमै हुन्छु, त्यहाँबाट निक्लेपछि आउनु स्वाभाविक थियो,’ भुसालले भने, ‘सिद्धान्तका रूपमा एकीकृत समाजवादीले जहाँ टेकेको छ, त्यो मेरो पनि ठाउँ हो । त्यो निर्माण गर्न मेरो पनि संलग्नता छ ।’

एमालेबाट अलग हुँदा भनेको थिएँ, म एकीकृत समाजवादीमै हुन्छु, त्यहाँबाट निक्लेपछि आउनु स्वाभाविक थियो । सिद्धान्तका रूपमा एकीकृत समाजवादीले जहाँ टेकेको छ, त्यो मेरो पनि ठाउँ हो । त्यो निर्माण गर्न मेरो पनि संलग्नता छ ।

भुसालले एकीकृत समाजवादी असाध्यै राम्रो ठाउँमा रहेको र ओलीवादविरुद्ध विद्रोह गरेको हुनाले आफूले नेकपाको खास उत्तराधिकारीका रूपमा ग्रहण गरेको दाबी पनि गरे । ‘ओलीवाद, ओली विचार र ओली संगठनसँगको विचारधारात्मक संघर्षपछि मैले नेकपा एसमा आफ्नो सदस्यता नवीकरण गरेको हुँ । त्यहाँ एमालेमा संगठन कस्तो हुन्छ भन्दा सौराहा काण्ड देखिएकै हो । सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन् । विचार के हो भन्दा सर्वत्र म । ज्ञान, विज्ञान र तर्कमाथि ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अप्ठ्यारोमा परेको हो,’ उनले भने । 

एमालेजस्तो देशकै सबैभन्दा राम्रो जनाधार र संगठनात्मक शक्ति भएको पार्टीभित्र पनि लोकतन्त्रलाई निषेध गर्ने नेतृत्व जन्मिनु अकल्पनीय कुरा भएको उनको दाबी छ । ‘लिडरसिपको हिसाबले भन्ने हो भने म निर्वैयक्तिक भएर भन्न सक्छु, त्यतिको नेपालको सबभन्दा राम्रो पार्टीभित्र त्यस्तो लिडर जन्मिन सक्छ भन्ने कुरा अकल्पनीय हो, यसका कारणहरू अबका दिनमा पढाउनुपर्ने हुन्छ ।’ 

भुसाललाई स्वागत गर्दै अध्यक्ष माधवकुमार नेपालले ढिलै भए पनि भुसाल एमाले नसुध्रिने निष्कर्षसहित एकीकृत समाजवादीका प्रवेश गर्नु उत्साहको विषय भएको र अरूलाई पनि यसैगरी स्वागत गर्दै जाने बताए । ‘उही रबैया, उही दृष्टिकोण र प्रवृत्ति कायम रहेसम्म पुरानो पार्टी सुध्रिने छैन भन्ने निष्कर्षमा हामी पहिले पुग्यौँ, भुसाल पनि पुग्नुभो, अरू पनि पुग्दै जानुहुनेछ । सबै पुग्नेलाई हाम्रो पार्टी, राम्रो पार्टी एसमा स्वागत गर्नेछौँ । यो नयाँ सुरुवात हो,’ नेपालले भने। 

नेपालले कम्युनिस्ट पार्टीलाई सुदृढ गर्ने र रूपान्तरण गर्ने अभियान चलाएर नयाँ चिन्तन, दृष्टिकोणसहित विगत समीक्षा गरेर अघि बढिने पनि प्रस्ट्याए । ‘यो सुरुवात हो, पार्टीको बैठक बसेपछि नयाँ ढंगले पार्टीलाई पुनर्गठन गरेर लैजाने, कार्यकर्तामा क्रान्तिकारी भावना र आत्मविश्वास जागृत गर्ने, बेग्लै पहिचान स्थापित गरेर इमानदार कम्युनिस्टसँग हातेमालो गर्दै, एकताबद्ध बनाउँदै अघि बढ्ने संकल्प गरेका छौँ । सिंगो कम्युनिस्ट आन्दोलन अगाडि बढाउँछौँ,’ नेपालले भने । 

सम्मानित नेता झलनाथ खनालले एमालेभित्र हुर्किएको दक्षिणपन्थी अवसरवाद र ओलीको गुटवादबाट मुक्त भएर भुसाल क्रान्तिकारी पार्टी एकीकृत समाजवादीमा प्रवेश गर्नु खुसीको विषय भएको बताए ।