Skip This
समाजवादीमा समाहित हुँदै ओलीविरुद्ध खनिए घनश्याम  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजवादीमा समाहित हुँदै ओलीविरुद्ध खनिए घनश्याम  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४४:oo

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता घनश्याम भुसालले ओलीवाद हाबी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा परेको बताएका छन्। 

एमाले परित्याग गरेको केही समयपछि शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बीच सो पार्टी प्रवेश गर्दै भुसालले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हाबी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताएका हुन्। 

उनले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको समेत दोहोर्‍याए। 

आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसेकेको उनको भनाई थियो। नेता भुसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा मण्डलले दिपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नु परेको स्पष्टीकरण समेत दिए। 

‘कमरेड ओलीका कारणले, ओलीवादले, ओली विचार, ओली सिद्धान्त, ओली संगठन। संगठन कस्तो हुन्छ भन्दा सौराह काण्डमा जे गरियो, त्यस्तै संगठन हुन्छ । सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन । यो उहाँको सिद्धान्त रह्यो । विचार के हो भन्दा सर्वत्र म । बस् यो विचार हो । यो सिद्धान्त हो, संगठन हो’, उनले भने, ‘यो ज्ञानमाथि, विज्ञानमाथि, तर्कमाथि, प्रमाणमाथि ओलीवाद हाबी भएका कारणले आज कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गयो।’ 

नेता भुसालले आफू अहिले पनि नेकपाकै सदस्य भएको र यसको वैभवलाई एक ठाउँमा ल्याउने काम नेकपा (एकीकृत समाजवादी)ले मात्रै गर्न सक्ने भएकाले सो पार्टीमा प्रवेश गरेको तर्क समेत गरे। भुसालले जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँडने बाहेक एमालेका नेताहरुले केही पनि गर्न नसकेको समेत दोहोर्‍याए।