Skip This
पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब विप्रेषण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २९ शुक्रबार १३:१९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब विप्रेषण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार १३:१९:oo

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म रु. चार खर्ब ८० अर्ब ५० करोडबराबरको विप्रेषण भित्रिएको छ ।
 
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई तीन अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई रु. पाँच खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो । रासस