मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १८ बिहीबार
  • Thursday, 01 June, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष २९ शुक्रबार ०७:२३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मेयर बालेन्द्र साहले मागे पिएसओ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष २९ शुक्रबार ०७:२३:००

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि व्यक्तिगत सुरक्षाकर्मी माग गरेका छन् । आफूलाई सुरक्षा जोखिम बढेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग उनले पिएसओ मागेको स्रोत बताउँछ ।

मौखिक रूपमा मागे पनि उनले लिखित निवेदन भने दिएका छैनन् । जिल्ला सुरक्षा समिति तथा केन्द्रीय सुरक्षा समितिले सुरक्षा जोखिम रहेको निष्कर्षका आधारमा पिएसओ खटाउने गरेको छ । 

खासगरी सुकुमबासी बस्तीमा बल प्रयोग गरी हटाउने प्रयास गरेपछि आफूमाथि जोखिम बढेको उनको भनाइ छ । अतिक्रमण हटाउने कामलाई तीव्रता दिएपछि उनीमाथि धम्की बढेका छन् । मेयर साहमाथि साँच्चिकै जोखिम बढेकाले उनले पिएसओ पाउने सम्भावना रहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।