१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

पुस्तक प्रदर्शनीबाट साझाले गर्‍याे १६ लाखभन्दा बढी आम्दानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:५८:oo

साझा प्रकाशनले पुस्तक प्रदर्शनीबाट १६ लाख ३४ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। साझाले पुस १७ देखि पुल्चोकस्थित केन्द्रीय कार्यालय र देशभरका साझा बिक्री कक्षहरूमा बृहत् पुस्तक प्रदर्शनी गरिरहेको छ। 

साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले प्रदर्शनीबाट २७ गतेसम्ममा १६ लाख ३४ हजार ५८० रुपैयाँ आम्दानी गरेको न्युज एजेन्सी नेपाललाई जानकारी दिए। हालसम्म प्रदर्शनीमा करिब एक हजारजनाभन्दा बढीले अवलोकन गरेका बताइएको छ। प्रदर्शनीमा विशेष गरी इतिहासका पुस्तकहरू धेरै बिक्री भइरहेको बताइएको छ। ‘हामीले पहिले इतिहासका पुस्तकहरू छापेर राख्नुपर्थ्याे, धेरै वर्षसम्म बिक्री भएनन्। यी बिक्री नहुने नै पो हुन् कि भन्ने लाग्थ्यो हामीलाई,’ उनले भने।

साझा प्रकाशनले गरेको पुस्तक प्रदर्शनी केन्द्रीय कार्यालय पुल्चोक र प्रदर्शनीमार्गसँगै धरान, बिर्तामोड, विराटनगर, जनकपुर, राजविराज, त्रिशूली, भरतपुर, पोखरा, बुटवल, दाङ र धनगढीका बिक्री कक्षहरूमा पनि चलिरहेको छ। पुस्तक प्रदर्शनी पुस ३० गतेसम्म चल्ने साझाले जनाएको छ।

ad
ad