मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २८ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २८ बिहीबार १५:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उच्च अंकले घट्यो नेप्से, घटेन कारोबार रकम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २८ बिहीबार १५:४५:oo

अघिल्लो हप्ता लगातार उकालो लागेको सेयर बजार आज बिहीबार उच्च अंकले घटेर राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से आज ४१ अंकले घटेर दुई हजार एक सय ४९ दशमलव ३९ बिन्दुमा ओर्लिएको छ। 

आज सबै समूहको सेयर ओरालो लागेको छ। यसमा पनि बिमा, उत्पादन, माइक्रोफाइनान्स र जलविद्युत् समूहको सेयर उच्च अंकले घटेको छ। दुई सय ५२ वटा कम्पनीका एक करोड ४४ लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४७ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको २२ करोड र रिडी हाइड्रोको १८ करोड रुपैयाँको कारोबार भएको छ। समग्रमा बजार घटे पनि सिँगटी हाइड्रो र बाराही हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ।