१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

बागमतीको सभामुखका लागि कांग्रेसका अधिकारीको मनोनयन दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:३३:oo

बागमती प्रदेशको सभामुख पदका लागि नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन्। बिहीबार प्रदेश सभा सचिवालय हेटौँडामा उपस्थित भएर अधिकारीले मनोनयन दर्ता गरेका हुन्।

अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन्। धादिङका अधिकारी समानुपातिकतर्फबाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन्।

एक सय १० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई गरी सत्तागठबन्धनसँग ७९ सांसद छन्। यस्तै नेमकिपाको तीन सांसद रहेका छन्।

ad
ad