१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o८:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

न्यु डायमन्ड सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:१६:oo

साबिक विजेता न्यु डायमन्ड युथ स्पोर्टस् क्लब सातौँ एनभिए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मंगलबार भएको महिलातर्फ समूह ‘ए’को खेलमा न्यु डायमन्डले एभेरस्ट भलिबल क्लबमाथि २५–७, २५–१० र २५–१२ को सहज जित निकाल्यो ।

६ अंकका साथ न्यु डायमन्ड अन्तिम चारमा पुगेको हो । यसअघि डायमन्डले नयाँबजार सामाजिक युथ क्लबलाई हराएको थियो । यस समूहबाट नेपाल पुलिस क्लबले पनि अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ । न्यु डायमन्ड र पुलिसबीचको खेलले समूह विजेताको टुंगो लाग्नेछ । 

महिलातर्फको अर्को खेलमा एपिएफले गण्डकी प्रदेशलाई ३–० ले हरायो । तीन अंक जोड्ने क्रममा एपिएफले गण्डकीलाई २५–१५, २५–१० र २५–११ ले पाखा लगायो । नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपको पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई २५–१२, २५–२० र २५–११ ले पराजित गर्दै ६ अंकका साथ क्वार्टरफाइनल स्थान पक्का गरेको छ । 

भारतीय टोली अन्तिम आठमा 
पुलिसले न्युटन भलिबल क्लबलाई पराजित गर्दै ३ अंक जोडेको थियो । पुरुषकै अर्को खेलमा भारतीय खेलाडी सम्मिलित दावाली मिलन क्लबले आफ्नो दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–१ ले हराउँदै क्वार्टरफाइनल स्थान सुरक्षित गरेको छ । दावालीले मणिमुकुन्दलाई २१–२५, २५–२१, २५–२२ र २५–२३ को कठिन सेटमा हराएको हो । समूह ‘ए’मा रहेको दावाली पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । यस समूहबाट आर्मी क्वार्टरफाइनलमा पुगिसक्यो । 

अर्को खेलमा गण्डकी प्रदेशले जित हात पारेको छ । गण्डकीले पहिलोपटक च्याम्पियनसिपमा सहभागिता जनाएको न्युटन भलिबल क्लबलाई २५–१२, २५–१७ र २५–२२ ले पराजित गर्दै ३ अंक जोडेको छ । यस च्याम्पियनसिपबाट नेपाल भलिबल संघले फागुनमा आयोजना हुने एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिताका लागि आठ पुरुष र ६ महिला क्लब छनोट हुनेछन् ।

ad
ad