मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २५ सोमबार १४:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डलाई शुभकामना दिँदै माधवले भने– बोली र व्यवहारमा सामञ्जस्यता देखियोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार १४:४७:oo

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिएका छन्। प्रधानमन्त्रीको पक्षमा बहुमत संख्या पुगिसकेको भन्दै उनले शुभकामना दिएका हुन्।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यक्ष नेपालले नमुना काम गरी सबै क्षेत्रमा सुधार गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता स्मरण गर्दै प्रतिबद्धताअनुसार काम हुने अपेक्षा व्यक्त गरे।

‘नवनियुक्त सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई म शुभकामना दिन चाहन्छु। उहाँले केही गर्ने, नयाँ ढंगले अघि बढ्ने र नमुना काम गरेर सबै क्षेत्रमा सुधार र आमुल परिवर्तन गरी देखिने गरी काम देखाउने प्रतिबद्धता गर्नुभएको छ। परिवर्तनको अनुभूति जनताले पाउन सक्ने गरी काम अघि बढोस् । बोली र व्यवहारमा सामञ्जस्यता आओस्।’