Skip This
‘अनुप स्मृति गोल्डकप’को उपाधि नेर्पाको पोल्टामा  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Saturday, 27 July, 2024
२o७९ पौष २३ शनिबार २o:३६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

‘अनुप स्मृति गोल्डकप’को उपाधि नेर्पाको पोल्टामा  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार २o:३६:oo

‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो ‌संस्करणको उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले जितेको छ।

दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)लाई २–० ले पराजित गर्दै नेर्पाले उपाधि जितेको हो।  

यसअघि सञ्चालन भएको दोस्रो संस्करणको उपाधि पनि नेर्पाले जितेको थियो। खेलको सुरुदेखि नै बल आफ्नो पक्षमा राखेको नेर्पाले गोल भने अन्तिम समयमा गर्न सफल भयो। दुवै गोल अन्तिम समयमा भएको हो। 

उपाधि विजेता नेर्पालाई नगद रु दुई लाख ५१ हजारको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताका उपविजेता डिएफसीले नगद रु एक लाख ११ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

विजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले पुरस्कार हस्तान्तरण गरेका थिए। सेमिफाइनलिस्ट चियाबारी फुटबल क्लब इलाम र मानेभन्ज्याङ स्पोर्टस् क्लब ओखलढुंगाले नगद रु २५-२५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। 

खेलको विद्यागततर्फ उत्कृष्ट गोलरक्षक (डिएफसी)का सन्दीप लिम्बू, उत्कृष्ट डिफेन्स (डिएफसी)कै टेकेन रानामगर,  उत्कृष्ट मिडफिल्डर (डिएफसी)का विशाल तामाङ, उत्कृष्ट स्ट्राइकर नेर्पाका बिजु भुजेल, योङगेस्ट प्लेअर अफ द टुर्नामेन्ट दिक्तेलका भूषण ताम्राकार घोषित भएका छन्। 

यस्तै, सर्वाधिक गोलकर्ता नेर्पाका बिकी राई, खेलभरिकै उत्कृष्ट खेलाडी (डिएफसी)का मनीष लिम्बू, उत्कृष्ट टिम प्रशिक्षक नेर्पाका बिरेन गुरुङ र अनुशासित टिमको उपाधि (डिएफसी)लाई प्रदान गरिएको छ। विद्यागत उत्कृष्ट हुने खेलाडी, प्रशिक्षक र टिमले जनही नगद रु पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। 

माउण्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह–आयोजनामा पुस–१७ गतेबाट प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा खोटाङका विभिन्न सातवटा क्लब तथा ओखलढुंगा, सुनसरी र इलाम जिल्लाका खेलाडीको सहभागिता थियो। 

माउन्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुलको नर्सरीमा अध्ययनरत अनुप राईको २०६८ जेठ २ गते दिक्तेलस्थित पुरानो बैंकचोकनजिक सवारी दुर्घटनामा ज्यान गएको थियो। उनै विद्यार्थी अनुपको सम्झनामा माउन्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुलले प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गर्दै आएको छ।

प्रथम संस्करणमा रु एक लाख ११ हजार १११ र दोस्रो संस्करणमा रु एक लाख ५१ हजार १११ पुरस्कार राशि राखिएको थियो। यसअघिका दुई संस्करण गोल्डकपको रूपमा सञ्चालन भएको अनुप स्मृति गोल्डकपलाई यसपटकबाट आमन्त्रित गोल्डकपमा परिणत गरिएको मूल आयोजक समितिका संयोजक सागर जोशीले बताए। 

अनुप स्मृति गोल्डकपको तेस्रो संस्करण गत वर्षहरूको बाँकी रकम, विभिन्न दाता, स्थानीय सरकार र व्यापारिक कम्पनीबाट आर्थिक व्यवस्थापन गरेर प्रतियोगिता गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिता उद्घाटन तथा समापन कार्यक्रममा भर्खरै निधन भएका ब्राजिली फुटबलर पेलेप्रति सम्मानस्वरूप श्रद्धाञ्जली अर्पण गरिएको थियो।