१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका दार्चुला
२o७९ पौष २३ शनिबार १९:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुलामा तुइनबाट खसेर बालक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार १९:३२:oo

दार्चुलाको ब्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन्। 

नेपालको ब्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको स्थानीय दीपक खातीले जानकारी दिए। 

यस घटनाबारे अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोविन्द भण्डारीले बताए।

उनका नुसार घटनाका बारेमा स्थानीयले कुनै जानकारी नगराएको र अहिले प्रहारी चौकी सुन्सेराबाट वरिष्ठ प्रहरी सहायक निरीक्षक भरत अधिकारीको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ पठाएको बताए।  

बेपत्ता दीपेन्द्र बिहीबार २१ गते दिउँसो २ बजे भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका थिए। ब्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटनाबारे शनिबार मात्र जानकारी भएको ब्यास गाउँपालिकाका प्रवक्ता नरेन्द्र भट्टले बताए। उनका अनुसार बेपत्ता दीपेन्द्र ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए।