Skip This
नेपाललाई ओलीको प्रस्ताव– जुरो हल्लाएर काम छैन, देश र जनताको निम्ति काम गरौँ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाललाई ओलीको प्रस्ताव– जुरो हल्लाएर काम छैन, देश र जनताको निम्ति काम गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२३:oo

एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी राजनीति नै नभएको गतिविधिमा संलग्न भइरहेको टिप्पणी गरेका छन्।

एकीकृत समाजवादीले सबै पार्टीसँग एकताको वार्ता गरेको भन्दै उनले सो पार्टीको दृष्टिकोणबाट आफू अचम्ममा परेको बताए। पार्टीका सांसदहरूका लागि शनिबारबाट संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको अभिमुखीकरण कार्यक्रममा ओलीले यस्तो बताएका हुन्

एमालेबाट छुटेर गएकाहरू राष्ट्रिय हैसियतमा नभएको भन्दै उनले अब जुरो हल्लाएर नहुने भएकाले देश र जनताका लागि काम गर्न आग्रह गरे। ‘हामीबाट छुटेर गएकाहरू, टर्च बालेर खोज्नुपर्छ भन्नेहरू राष्ट्रिय पार्टीको हैसियतमा छैनन्। बुझ्नपर्यो नि, अब जुरो हल्लाएर काम छैन। त्यसकारण जुरो हल्लाउने, सिँगौरी खेल्ने होइन, सुरुसुरु देश र जनताको निम्ति काम गरौँ,’ ओलीले भने।

अध्यक्ष ओलीले एकीकृत समाजवादीसँग नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीको जति पनि अडान र राजनीतिक दृष्टिकोण नभएको टिप्पणी गरे। ‘जसपासँग पनि एकताको वार्ता, एमालेसँग पनि एकताको वार्ता भनेपछि कस्तो वार्ता हो त्यो? पाए कांग्रेससँग पनि लाग्ने, यता पनि लाग्ने। कस्तो वार्ता हो यो? कस्तो राजनीति हो, कस्तो दृष्टिकोण हो? कस्तो नीति हो? पुग्न कहाँ खोज्या ? राजनीति छ कि छैन?’ उनले प्रश्न गरे।