मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष २२ शुक्रबार
  • Wednesday, 02 September, 2026
२o७९ पौष २२ शुक्रबार १९:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आहारारा पोखरा गोल्डकप : उपाधिका लागि अमेरिकी टोली र संकटा भिड्दै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २२ शुक्रबार १९:oo:oo

पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब अमेरिका र संकटा क्लब पोखरामा जारी २२औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधिका लागि शनिबार भिड्दै छन्। 

प्रतियोगिताको २२औँ संस्करणसम्म आइपुग्दा अमेरिकी टोलीको पहिलो र ०७७ सालमा उपाधि जितेको संकटाको दोस्रोपटकको फाइनल यात्रा हो। 

शनिबारको खेलमा संकटा दोस्रोपटक उपाधि उचाल्ने उद्देश्यसहित र अमेरिकी टोली पहिलोपटक इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रिँदै छन्। शुक्रबार आयोजकले फाइनल खेलबारे सम्बन्धित रहेर प्रतिस्पर्धी टिमका प्रशिक्षक तथा कप्तानलाई ‘प्रि म्याच कन्फ्रेन्स’ आयोजना गरेको थियो।

कार्यक्रममा दुवै टिमले घुमाउरो पारामा उपाधि आफूले जित्ने दाबी गरे। उपाधि जित्ने दुवै टिमले दाबी गरे पनि फाइनल खेलमा हुने रणनीतिबारे भने उनीहरूले केही बताउन चाहेनन्।

सहारा क्लब पोखराको आयोजनामा तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको उपाधिका लागि भिड्न लागेका दुवै टोली यसअघि ‘वाइ’ पाएर सिधैँ क्वार्टरफाइनल प्रवेश गरेका थिए।