
कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई धुम्बाराहीस्थित निवासमा छलफलका लागि बोलाएका छन्।
देउवाले विश्वासको मत, केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल गर्न लागेका हुन्। सरकारबाट बाहिरिएर निवास सरेपछि पहिलोपटक भेट हुन लागेको हो। बैठकमा उपसभापतिद्वय धनराज गुरुङ र पूर्णबहादुर खड्का पनि सहभागी छन्।
शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई माओवादी उपमहासचिव जनार्दन शर्माले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए।