१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आहारारा पोखरा गोल्डकप : भुटनिज युथ फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o९:o४:oo

अमेरिकी टोली भुटनिज युथ स्पोर्टस् क्लब पोखरामा सञ्चालन भइरहेको २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको बिहीबार भएको अन्तिम सेमिफाइनलमा भुटनिज युथले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गर्दै अन्तिम दुई स्थान पक्का गरेको हो । अब भुटनिज युथले शनिबार उपाधि भिडन्तमा संकटा क्लबको सामना गर्नेछ । 

भुटनिज युथलाई फाइनल पुर्‍याउने क्रममा एक मात्र गोल रोजिन प्रजापतिले गरेका थिए । खेलको पहिलो हाफको इन्जुरी समयमा प्रजापतिले निर्णायक गोल गरेका हुन् । प्रविन बस्नेतले बायाँ साइडबाट निकालेको पासमा प्रजापतिले सहजै गोल गरे । खेलको ८४औँ मिनेटमा चर्च ब्वाइज १० खेलाडीमा सीमित भयो । आशिष चौधरी खेलको ७९औँ र ८४औँ मिनेटमा दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदानबाट बाहिरिए । त्यसपछि चर्च ब्वाइज १० खेलाडीमा सीमित हुँदै प्रतिस्पर्धा गर्‍यो । यसअघि खेलको २६औँ मिनेटमा विइलिस ग्रिफितको प्रहार चर्च ब्वाइजका गोलरक्षकले बचाएका थिए । 

थप गोल भएन : हुमागाईं
भुटनिज युथका प्रशिक्षक प्रदीप हुमागाईंले प्रतिस्पर्धामा थप गोल नभएको बताएका छन् । उनले चर्च ब्वाइजविरुद्धको जित अन्तर काफी नभएको जनाए । ‘खेलाडीले योजनाअनुसार खेले, जित्नका लागि गोल चाहिन्छ, खेलाडीले गरे,’ हुमागाईंले भने, ‘मेरो विचारमा थप गोल हुनुपर्ने थियो ।’ हुमागाईंले खेलाडीको प्रदर्शनबाट आफू खुसी भएको बताए । ‘चर्च ब्वाइजविरुद्ध सोचेको जस्तो प्रदर्शन भयो, फाइनलमा हामी राम्रो खेल्नेछौँ,’ उनले भने । 

ad
ad