मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १९ आइतबार
  • Sunday, 02 April, 2023
२०७९ पौष २२ शुक्रबार ०७:४६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुर्खेत बस्दै आएका अदानचुली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई हाजिरमा रोक

Read Time : < 1 मिनेट
२०७९ पौष २२ शुक्रबार ०७:४६:००

सुर्खेत बसेर हुम्लाको गाउँपालिका चलाएका अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेगनाथ शाही र लेखापाल दत्तबहादुर थापालाई गाउँपालिकामा हाजिरी गर्न रोकिएको छ । शाही र थापा चार महिनापछि बिहीबार गाउँपालिका कार्यालय पुगेका थिए । 

गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया, ३ नम्बर वडाका अध्यक्ष डिलबहादुर फडेरा, ४ का अध्यक्ष मनऋषि पाण्डेलगायतले हाजिर गर्न रोकेका हुन् । तीन करोड रुपैयाँ हिनामिनाको टुंगो नलागेसम्म हाजिर गर्न नदिने भन्दै उनीहरूले शाही र थापालाई कार्यालयबाट बाहिर निकालेको एक कर्मचारीले जानकारी दिए । 

गत साउनमा निमित्त अधिकृत टकदत्त प्याकुरेल भ्रष्टाचार अभियोगमा निलम्बनमा परेपछि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट शाहीलाई निमित्त अधिकृत नियुक्त गराएका थिए । त्यसलगत्तै गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले कार्यपालिकाको बैठकबाट हंश महतारालाई निमित्त अधिकृतमा नियुक्ति गराएका थिए । त्यसयता शाही सुर्खेत बसेर कार्यकारी अधिकृतको हैसियतमा काम गर्दै आएका थिए ।