मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सिरहामा शीतलहरकाे प्रभाव । तस्बिर : सुरेन्द्रकुमार कामती/नयाँ पत्रिका
यम बम काठमाडौं
२०७९ पौष २१ बिहीबार २३:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शीतलहर पश्चिममा पनि सर्यो

तराई–मधेसमा मध्यम शीतलहरको घोषणा

Read Time : < 1 मिनेट
यम बम, काठमाडौं
२०७९ पौष २१ बिहीबार २३:०१:००

तराई–मधेसमा एक सातादेखिको शीतलहर बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालगन्जदेखि सिमरा (मध्य तराई) मा मध्यम शीतलहरको घोषणा गरेको छ भने पश्चिम तराई (नेपालगन्जदेखि महेन्द्रनगर) मा मन्द शीतलहर भनेको छ । 

सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै तराईका धेरै भूभागमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घट्दा शीतलहर बढेको बताएको हो ।

मंगलबार मात्र मध्य तराईमा मन्द शीतलहरको घोषणा गरेको महाशाखाले बिहीबार मध्ययम अवस्थामा पुगेको बताएको हो । 

‘सिमरादेखि नेपालगन्जका अधिकांश भूभागमा मध्यम किसिमको शितल देखिएको छ, र नेपालगन्जदेखि पश्चिम तराईका भूभागमा मन्द शितलहरको अवस्था देखिएको छ,’ महाशाखाले भनेको छ, ‘सिमराभन्दा पूर्वमा पनि न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ ।’

यो अवस्था अझ १–२ दिनसम्म रहने सम्भावना छ । विगत पाँच दिन (१७ पुस)देखि तराईमा दिनभर हुस्सु, कुहिरो लाग्दै आएको छ । जसकारण धनगढी, नेपालगन्ज, भैरहवा, सिमरा, जनकपुर क्षेत्रको अधिकतम तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियस भन्दा बढीले घटेको छ । ती स्थानमा अधिकतम र न्यूनतम तापक्रमबीच १.९ देखि पाँच डिग्री सेल्सियसभन्दा कम भिन्नता आएको देखिन्छ ।