मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘रेमिट्यान्स, निर्यात र पर्यटनबाट विदेशी मुद्रा आर्जन गरे मात्रै अर्थतन्त्र बलियो हुन्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३४:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सके मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन्।

बिहीबार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरूको प्रदर्शनीमा सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्र रेमिट्यान्स मात्रै आएर नचल्ने भन्दै रेमिट्यान्स, निर्यात र पर्यटन तीनवटै क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सके मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन्। 

अर्थतन्त्रको तीनवटा इन्जिनमध्ये रेमिट्यान्स मात्रै आएर मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने उनले स्पष्ट पारे। अध्यक्ष गोल्छाले सरकारले विदेशी मुद्रा आर्जनका लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको औँल्याए।

‘विदेशी मुद्राको आय स्रोत एउटा मात्रै भयो। त्यो रेमिट्यान्स मात्रै हो। ९० प्रतिशत आय रेमिट्यान्स छ। पहिला पर्यटनबाट पनि विदेशी मुद्रा आर्जन हुने गरेको थियो, निर्यातको पनि प्रतिशत बढी थियो,’ उनले भने।

अध्यक्ष गोल्छाले बैंकिङ प्रणालीमा तरलताको अभाव र सोधानान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताए। नेपालमा ‘कस्ट अफ डुइङ बिजनेस’ बढिरहेकाले नेपाली निर्यातजन्य वस्तुहरूलाई प्रतिस्पर्धी बनाउन नसकिएको उनको धारणा छ।