१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
दीपक बोहरा तुलसीपुर
२o८१ जेठ १ मंगलबार ११:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभा : सबैजसो दलले टुंग्याए संसदीय दलको नेता

Read Time : > 1 मिनेट
दीपक बोहरा, तुलसीपुर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:२६:oo

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुंगाे लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुंगाे लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले लीला गिरीलाई संसदीय दलको नेता चयन गरेको छ । उनी रुपन्देही २ (१)बाट निर्वाचित भएका थिए ।  यसअघि पनि शंकर  पोखरेल मुख्यमन्त्री हुँदा उनी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसमेत भएका थिए ।  संसदमा एमालेका २९ सांसद छन् ।
 
त्यस्तै, संसद्को दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि डिल्ली चौधरीलाई संसदीय दलको नेतामा चयन गरेको छ । उनी दाङ ३ (१)बाट निर्वाचित भएका हुन् । चौधरी ग्रामीण, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत छन् । संसदमा कांग्रेसका २७ सांसद छन् । त्यस्तैे, तेस्रो ठूलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र)ले रोल्पा १ (१)बाट निर्वाचित जोखबहादुर महरालाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ । संसदमा माओवादी केन्द्रका नौ सांसद छन् ।

संसदमा चार सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आशिषकुमार चौधरीलाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ । उनी रुपन्देही १(१) बाट निर्वाचित सांसद हुन्  भने चार सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले बर्दिया २(२) बाट निर्वाचित धर्मबहादुर चौधरीलाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ । 

तीन सांसद रहेको जसपाले बाँके २ (१)बाट निर्वाचित भण्डारीलाल अहिरलाई संसदीय दलको नेता चयन गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले रुपन्देही ३ (१)बाट निर्वाचित सन्तोषकुमार पाण्डेलाई संसदीय दलको नेतामा चयन गरेको छ । तीन सांसद रहेको जनमत पार्टीले भने अझै पनि संसदीय दलको नेताको टुंगाे लगाउन सकेको छैन । त्यस्तै संसदमा तीन स्वतन्त्र सांसद र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबाट एक–एकजना सांसद छन्

लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ । केन्द्रमा भएको सत्तागठबन्धनअनुरूप नै प्रदेशको सरकारमा प्रतिनिधित्व हुने देखिए पनि टुंगाे भने लाग्न सकेको छैन । एमालेले आफू ठूलो दल भएको भन्दै सत्ताको नेतृत्व माग गरेको छ भने माओवादी केन्द्रले आफ्नो आधार इलाका भएकाले लुम्बिनी प्रदेशमा नेतृत्व पाउनुपर्ने माग गर्दै आएको बताइएको छ ।

 

ad
ad