१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १o:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आउटरिचले जित्यो इसिआर्ई अवार्डमा दुई कांस्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:३१:oo

चीनमा सम्पन्न भएको इसिआई अवार्ड २०२२ मा आउटरिचले दुईवटा कांस्य पुरस्कार जितेको छ । नेपालको तर्फबाट आउटरिचले प्रोडक्ट इन्नोभेसन एन्ड मोडेल इन्नोभेसन तथा मार्केटिङ इन्नोभेसन गरी दुई विधामा कांस्य पुरस्कार जितेको हो । 

अवार्डअन्तर्गतका तीन विधाहरू प्रोडक्ट एन्ड मोडेल इन्नोभेसन, मेटाभर्स एप्लिकेसन इन्नोभेसन र मार्केटिङ इन्नोभेसनतर्फ स्वर्ण, रजत र कांस्य अवार्ड विजेता देशहरूमा हङकङ, स्विट्जरल्यान्ड–इटाली, क्यानड, अमेरिका, संयुक्त अधिराज्य–साउदी अरेबिया, ब्राजिल, थाइल्यान्ड, ताइपेई सिटी, अस्ट्रेलियालगायतका देशहरू रहेको जनाइएको छ ।

समारोहमा इसिआई अवार्डस्का प्रेसिडेन्ट लिजुन जिया (डा. ओएन)ले चीनमा चलिरहेको महामारीका कारण यसपटक सबै सहभागीलाई भौतिक रूपमा उपस्थित गराउन नसकेकाले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नुपरेको बताए ।

इसिआई अवार्डस् (इन्टरनेसनल इन्टरप्रेनर्स, क्रिएटिभ्स एन्ड इन्नोभेटर्स एसोसिएसन)द्वारा स्थापना गरिएको हो । यो अवार्ड नवप्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड भएको आउटरिचले जनाएको छ ।

ad
ad