१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख ३१ सोमबार २२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मधेश प्रदेशमा एमाले दलको नेतामा यादव सर्वसम्मत चयन 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २२:४५:oo

मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन् । 

मंगलबार बेलुकीसम्म चलेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको हो । यादव महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट मधेश प्रदेश सभाको सदस्यमा निर्वाचित भएका हुन् । निर्णयको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । 
एमाले केन्द्रीय सदस्यसमेत रहेका यादव अध्यक्ष केपी ओलीका विश्वासपात्र हुन् ।

ad
ad