१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक १७औँ वर्षमा प्रवेश, विभिन्न अभियानहरूको सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o९:oo

मुक्तिनाथ विकास बैंक १७औँ वर्षमा प्रवेश गरेको छ। पौष १९ गते मंगलबार १७औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ। सो अवसरमा बैंकले एकसाथ १३ वटा नयाँ शाखा तथा एक्स्टेन्सन काउन्टरको केन्द्रीय कार्यालयबाटै डिजिटल माध्यमबाट उद्घाटन गरेको छ।

उक्त समारोहको उद्घाटन गर्दै बैंकका अध्यक्ष भरतराज ढकालले १७औँ वर्षको सहयात्रमा साथ दिने सेयरधनी, ग्राहकवर्ग, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गरे। ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमबाट देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरे।

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धि, वर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्वअन्तर्गत विभिन्न अभियानहरू सञ्चालनमा ल्याएको जानकारी दिए। जसअन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन, विभिन्न विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरूलाई छात्रवृत्ति तथा विविध सामग्री वितरण, सेवाको भावनाले स्थापित अस्पताल निर्माणको लागि सहकार्य, स्वच्छ पिउने पानी व्यवस्थापनको लागि सहयोग तथा वृद्धा, अनाथ एवं बालबालिकाहरूको क्षेत्रमा कार्य गर्ने मानवआश्रमहरूमा आत्मनिर्भरता बढाउन ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’सम्बन्धी सामग्री हस्तान्तरणलगायतका कार्यहरू रहेका छन्।

उक्त उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालकहरू, पूर्वसञ्चालकहरू, संस्थापक सेयरधनी तथा बैंकका उच्च पदाधिकारीहरू, शाखा प्रबन्धकहरू साथै अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ’ भन्ने नाराका साथ मुक्तिनाथ विकास बैंक ०६३ पौष १९ गतेदेखि सञ्चालनमा आएको थियो।