१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

राम्रा खेलाडी अनुबन्धित गरेको संकटाले क्वार्टरफाइनलमा त्रिभुवन आर्मीलाई ३–१ ले हरायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:o१:oo

संकटा क्लब २२औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा संकटाले विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को गोलअन्तरले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

प्रतियोगितामा दुवै टोलीले बाई पाएर क्वार्टरफाइनलमा सीधै प्रतिस्पर्धा गरेका हुन् । संकटाले फाइनल प्रवेशका लागि २० पुसमा नेपाल एपिएफ क्लबसँग भिड्नेछ । प्रतियोगिताअन्तर्गत मंगलबार मनाङ मस्र्याङ्दीले भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकाको सामना गर्नेछ । 

संकटाले पोखरामा एकपटक उपाधि उचालेको छ । चारपटक फाइनल पुगेको आर्मी उपाधिविहीन छ । उपाधि उचाल्ने लक्ष्य लिए पनि पहिलो खेलबाटै बाहिरिएपछि आर्मीको च्याम्पियन हुने सपना यसपटक पनि पूरा भएन । गोल्डकपमा संकटा र आर्मीबीच दोस्रोपटक प्रतिस्पर्धा भएको हो ।

०७६ सालमा आर्मीले संकटालाई पराजित गरेको थियो । सोमबारको जितसँगै तीन वर्षपछि संकटाले आर्मीसँग बदलासमेत लिएको छ । खेलमा आर्मीले सुरुवाती अग्रता लिएको थियो । आर्मीले अग्रता रक्षा गर्न नसक्दा अन्तिम आठबाटै बाहिरियो । आर्मीलाई अग्रता दिलाउने क्रममा खेलको १४औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका थिए ।

पेनाल्टीमा आर्मीको अग्रता
संकटाका निशान खड्काले दिनेश हेमजनलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्री नवीन्द्र महर्जनले आर्मीलाई पेनाल्टीको अवसर दिएका थिए । श्रेष्ठले पेनाल्टी सदुपयोग गर्दै आर्मीलाई १–० को स्थितिमा राखे । आर्मीले आफ्नो अग्रता लामो समय टिकाउन सकेन ।

खेलको ३५औँ मिनेटमा संकटाले १–१ को बराबरी गोल गर्‍यो । विदेशी खेलाडी मेसुकेले गोल गर्दै संकटालाई बराबरीमा ल्याए । कप्तान सुनिल बलले डिबक्सभित्र मिलाइदिएको छोटो पासलाई मेसुकेले सहजै गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा संकटाले थप दुई गोल गर्‍यो । खेलको ७९औँ मिनेटमा सुरजजिउ ठकुरीले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए । 

खेलका म्यान अफ दी म्याचसमेत रहेका स्टेफन विनोङले पेनाल्टी क्षेत्रबाट पहिलो बारमा च्पाप्दै प्रहार गरेको बल बारमा लागेको थियो । रिबाउन्ड भएको बललाई सुरजले गोल गरे । संकटाले अन्तिम इन्जुरी समयमा ३–१ को अग्रता लियो । संकटाका लागि तेस्रो गोल रुटेफनले गरेका थिए । 
 

ad
ad