मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Sunday, 13 July, 2025
नवीन गुरुङ संखुवासभा
२o७९ पौष १८ सोमबार २o:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभाको राइस मिलमा करेन्ट लागेर एकको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार २o:o५:oo

संखुवासभाको चैनपुर नगरपालिका– ९ स्थित त्रिशुलेमा राइस मिलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। 

सोमबार करिब ४ बजेतिर आफ्नै घरमा राखेको मिनी राइस मिलमा करेन्ट लागेर स्थानीय कर्णबहादुर भण्डारीको छोरा वर्ष २९ को शिवकुमार भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। 

उनको अनुसार दिउँसो मकै पिस्ने क्रममा करेन्ट लागेर भण्डारी गम्भीर घाइते भएपछि चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक बस्नेतले बताए।

उनले आफ्नो व्यक्तिगत र गाउँलेहरूको लागिसमेत मिल स्थापना गरेका थिए। केही समयअघि चैनपुरमा बिजुलीको पोलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको थियो।