मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Sunday, 16 March, 2025
२o७९ पौष १८ सोमबार १७:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ लमजुङका 'होमस्टे' 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार १७:२८:oo

अंग्रेजी नयाँ वर्ष २०२३ मनाउन आएका स्वदेशी तथा विदेशी पर्यटकले लमजुङका होमस्टे भरिभराउ भएका छन्। 

अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि यहाँका होमस्टेमा आई रमाइलो गर्ने प्रचलन बढ्दै गएको छ। विदेशी पर्यटकको नयाँ वर्ष मनाउने गन्तव्य स्थल पनि होमस्टे नै बनेको छ। 

सार्क राष्ट्रकै नमुना स्मार्ट भिलेज सुखी गाउँ घलेगाउँ, नेपालकै नमुना गाउँ काउलेपानी र पर्यटकीय गाउँ राइनासकोटमा रहेका होमस्टे यति वेला पर्यटकले भरिएका छन्।

‘नयाँ वर्ष मनाउनका लागि समूह (समूह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले भने, ‘गाउँका सबै होमस्टे घरहरू पर्यटकले भरिएका छन्।’ पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरूको व्यस्तता पनि बढ्न थालेको छ।

त्यस्तै, सुखी गाउँ स्मार्ट भिलेज राष्ट्रकै नमुना ग्रामीण पर्यटकीय घलेगाउँमा पनि नयाँ वर्ष मनाउन दुई दिनअघिदेखि  गाउँमा पर्यटक आएको घलेगाउँ पर्यटन व्यवस्थापन कार्यालय सचिव दीर्घ घलेले बताए। घलेगाउँ आन्तरिक र बाह्य पर्यटकले यति वेला भरिभराउ छ। 

घलेगाउँ, काउलेपानी  र राइनासकोटसहित जिल्लामा सञ्चालित मर्स्याङ्दी गाउँपालिकाको भलामचौर, सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेनसहित जिल्लाका एक दर्जन बढी होमस्टेमा पनि पर्यटक आएको स्थानीयले बताएका छन्। 

गाउँमा पर्यटकको चाप बढेर भ्याइनभ्याई भएपछि गाउँलेहरू खुसी भएका छन्। दुई वर्षसम्म कोरोनाले थला परेको पर्यटन क्षेत्र पर्यटक आएसँगै पर्यटन व्यवसाय फस्टाउनेमा व्यवसायी आशावादी छन्। पर्यटकीय गाउँहरूमा कृषिसँगै पर्यटन नै मुख्य पेसा हो।