१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १६:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिमलाई समृद्ध बनाउने नयाँ सांसदको संकल्प

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:४६:oo

नवनिर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले आगामी पाँच वर्षमा सुदूरपश्चिमलाई समृद्ध बनाउने संकल्प गरेका छन्। प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरूले यहाँ विद्यमान कुसंस्कार, कुरीति अन्त्य गर्दै प्रदेशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन प्रदेश सभामार्फत एकजुट भएर भूमिका खेल्ने प्रतिबद्धता जनाए।

यहाँको विकाससँगै गरिबी, बेरोजगारी, अशिक्षा, अभावको अन्त्यका लागि प्रदेश सभाले सशक्त भूमिका निर्वाह गरेर जानुपर्नेमा उनीहरूको जोड छ। नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य शिवराज भट्टले गरिबी, बेरोजगारी, स्वास्थ्य सेवाको अभाव, भौगोलिक विकटता, सूचना प्रविधिको पहुँचमा कमीजस्ता समस्या समाधानसँगै आवश्यक पूर्वाधार निर्माण गरेर प्रदेशलाई विकासको बाटोमा लैजानुपर्ने धारणा राखे। ‘भ्रष्टाचार, उत्पीडन, शोषण, लैंगिक तथा सामाजिक विभेद उन्मूलन गर्ने प्रमुख दायित्व प्रदेश सभाको हो,’ उनले भने, ‘त्यसैले कुनै दल विशेषभन्दा पनि हामी सबै मिलेर जानुपर्छ।’

अभाव, पछौटेपन र गरिबीको दलदलमा रहेको सुदूरपश्चिमलाई सुन्दर बनाउने दायित्व आफूहरूको काँधमा आएको माओवादी केन्द्रको संसदीय दलका नेता खगराज भट्टले बताए। सुदूरपश्चिमलाई विकास र समृद्धिका हिसाबले अब एक नम्बर प्रदेश बनाउनुपर्नेमा उनले जोड दिए। प्रदेशको समग्र विकासका लागि राजनीतिक र दलगत संकीर्णताबाट माथि उठेर सबै प्रदेश सभा सदस्यले भूमिका खेल्नुपर्ने उनको धारणा छ। 

त्यसैगरी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विकाससँगै भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्नु प्रदेश सभाको प्रमुख कर्तव्य भएको बताए। दीर्घकालीन योजना बनाएर प्रदेशको विकासमा लाग्नुपर्ने उनको धारणा छ। नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले भने, ‘याे जनताको पक्षमा काम गर्ने अवसर पनि हो।’ भ्रष्टाचार र ढिलासुस्ती हटाउन सके मात्र मतदाताको मतको कदर हुने उनको भनाइ छ।

एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घ सोडारीले तीन तहबीच सहमति, सहकार्य र सहअस्तित्वमा काम हुन नसकेको बताए। प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका उनले प्रदेशलाई अधिकार नदिने, तर प्रदेशका कामबारे प्रश्न उठाउने काम केन्द्रबाट हुँदै आएको बताए।

सभामुखको निर्वाचन २८ पुसमा
प्रदेश सभा बैठकले प्रदेश सभा नियमावलीको पहिलो संशोधन सर्वसम्मत पारित गरेको छ । बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मानबहादुर रावलले सभामुखको निर्वाचन यही पुस २८ गते तोकिएको जानकारी सभालाई गराए।

पहिलो बैठक सत्ता पक्ष र प्रतिपक्षविहीन भयो। बैठकको अध्यक्षता गरेका रावलले सुरुमै बैठकमा सत्ता पक्ष र प्रतिपक्षी कोही नहुने जानकारी गराएका थिए।

ad
ad