१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १८ सोमबार १४:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनचाहनाविपरीत टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ बन्दैन : उपप्रमुख डंगोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार १४:२८:oo

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ नबनाइने बताएकी छिन्। सोमबार अकुपाई टुँडिखेल अभियानले टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएकी हुन्।

उनले अन्डरग्राउन्ड पार्किङ टुँडिखेलमा आवश्यक हो वा होइन भन्नेबारेमा स्थानीयवासीको सुझाव लिएर मात्रै काम अघि बढाइने आश्वासन दिएकी छिन्। धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने अन्डरग्राउन्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नपर्ने उनको भनाइ छ।

‘धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने अन्डरग्राउन्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना बनाउनै पर्दैन। जनताको चाहनाविपरीत कुनै पनि निर्माण काम हुनुहुँदैन। सर्वसाधारणको सुझावविना महानगरले कुनै काम गर्नेछैन,’ उनले भनिन्।

गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १०औँ कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थियो। महानगरको उक्त निर्णयलाई लिएर विवाद हुँदै आएको छ।