१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Friday, 09 May, 2025
२o७९ पौष १८ सोमबार १o:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई पे एप नेपाली भाषामा पनि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार १o:५४:oo

आइएमई पे एप नेपाली भाषामा पनि अद्यावधिक हुने भएको छ । बैंकिङ पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनतालाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सुरुवात भएको आइएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुनुनपरोस् भन्ने उद्देश्यले नेपाली भाषामा पनि कारोबार गर्न मिल्ने सुविधा थपेको हो । 

त्यसका साथै भाषाको छनोट गर्न मिल्ने अर्को सुविधा पनि थपिने आइएमई पेले जनाएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर सेवाग्राहीका लागि सार्वजनिक गरिएको यस फिचरका लागि आइएमई पे एप भए पनि एप अपडेटर छैन भने डाउनलोड गर्नुपर्ने कम्पनीले जनाएको छ । पुराना प्रयोगकर्ताले एप अपडेट भएपछि एपभित्र आफ्नो प्रोफाइलमा गई भाषा छनोट गर्न सक्ने जनाइएको छ । नयाँ प्रयोगकर्ताका लागि भने एप डाउनलोड गरेलगत्तै सो फिचर प्राप्त हुने उल्लेख छ ।   

यसपश्चात् प्रयोगकर्ताले आफूलाई सहज लाग्ने भाषा प्रयोग गरेर आइएमई पेमार्फत कुनै पनि डिजिटल भुक्तानी गर्न सक्ने तथा विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, मोबाइल नम्बर मात्र प्रयोग गरी पैसा पठाउन, कुनै पनि सेवा वा सुविधाको भुक्तानी गर्नुका साथै एपमा रहेको रकममा ७.१३ प्रतिशत ब्याज प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।