मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १७ आइतबार २०:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चर्चित ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १७ आइतबार २०:५४:००

चर्चित ज्योतिष रुद्रनाथ अधिकारीलाई वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकाे प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही पत्रका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पक्राउपछि उनलाई डिभिजन वन कार्यालय काठमाडौं पेस गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए । 

‘दुर्लभ वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न भएको अभियोगमा रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । थप अनुसन्धानका लागि उनलाई डिभिजन वन कार्यालय पठाइएको छ । थप अनुसन्धान उतैबाट होला,’ एसपी कोइरालाले भने । 

डिभिजन वन कार्यालय काठमाडौंको अनुरोधपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले गत २७ कात्तिकमै पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी फरार रहँदै आएका थिए । 

प्रहरीले गत २१ कात्तिकमा ठमेलस्थित पद्मा संग्रौलाले सञ्चालन गरेको होटेल ‘हेल्लो हाउस’बाट दुर्लभ वन्यजन्तुको अखेटोपहरा बरामद गरेको थियो । घटनमा संलग्न भएको अभियोगमा प्रहरीले संग्राैलालाई त्यही दिन पक्राउ गरेको थियो । 

उनी अहिले प्रहरी हिरासतमा छन् । फसाउने नियतले अखेटोपहरा होटेलमा ल्याएर राखेको बयान पक्राउ संग्रौलाले दिएपछि अधिकारीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।  

पक्राउ पुर्जी जारी भएलगत्तै वनले पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लगायतका प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । 

रुद्रनाथ चर्चित ज्योतिष हुन् । उनले विभिन्न टेलिभिजन तथा युट्युबमार्फत सर्वसाधारणको कर्म र भाग्य सम्बन्धमा भाविष्यवाणी गर्दै आएका छन् ।