Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष १७ आइतबार ०८:५६:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष १७ आइतबार ०८:५६:००

नयाँ गृहमन्त्रीबाट प्रहरी प्रशासनमा सुधार हुन सक्ने सम्भावना कति देख्नुहुन्छ ?
उहाँमा राजनीतिक इच्छाशक्ति र इमानदारी भयो भने जति पनि सम्भावना छन् । पुराना मान्छेबाट काम भएन भन्ने आवाज उठिरहेको समयमा नयाँ अनुहारले गृह मन्त्रालय सम्हाल्नुभएको छ । नयाँ भएर अनुभव नभए पनि इमानदार भएमा काम धेरै हुन सक्छ । तर, अहिले उहाँ सुरुमै अनावश्यक ससाना विषयमा बढी अल्झिनुभएको जस्तो देखिन्छ । यसतर्फ सचेत भने हुनुपर्छ ।

प्रहरी संगठनलाई बलियो बनाउन नयाँ गृहमन्त्रीले के के काम गर्नुपर्छ ?
उहाँले सबैभन्दा पहिले नीतिगत तहमा भएका समस्या सम्बोधन गर्नुपर्छ । उदाहरणका लागि एसपीसम्मको सरुवा गर्ने अधिकार आइजिपीलाई दिइएको छ । तर, व्यवहारमा भने जवानको सरुवालाई पनि बालुवाटार पुर्‍याउनुपर्ने बाध्यता छ । यसलाई हटाउनुपर्‍यो । जसको जे जिम्मेवारी छ, उसलाई त्यो पूरा गर्ने पूर्ण स्वायत्तता दिनुपर्‍यो । अवकाशसम्बन्धी उमेर हदको विषयमा पनि राजनीति हाबी हुने गरेको छ । यसलाई ऐनमै प्रस्ट व्यवस्था गर्नुपर्छ । नियममा राखिँदा राजनीतिक नेतृत्वले चलखेल गर्ने मौका पाउँछ । प्रहरीमा स्रोत साधनको पनि व्यापक अभाव छ । प्रविधिको उपयोगमा पनि प्रहरी पछि नै छ । यसलाई पनि सम्बोधन गर्न सक्नुपर्छ ।  

गृहमन्त्रीले सुधार गर्न चाहेमा प्रहरी संगठनभित्रबाट कति सहयोग होला ?
बिल्कुलै सहयोग हुन्छ । प्रहरीमा हाम्रो पछाडि पनि कोही छ भन्ने पर्‍यो भने उनीहरूले सहयोग नगर्ने कुरै छैन ।