१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:५२:oo
Read Time : > 1 मिनेट
ब्लग डिजिटल संस्करण

कांग्रेसले बिर्सिएका ‘बिपी’लाई मास्टरले यसरी सम्झिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५२:oo

नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइराला (बिपी)लाई उनको पार्टी कांग्रेसले वास्ता गर्न छाडेको धेरै भयो। केही वर्षअघिसम्म पुस १६ लाई कांग्रेसले ‘राष्ट्रिय मेलमिलाप’ दिवसको रूपमा देशभर विशेष कार्यक्रमको आयोजना गरी बिपीलाई सम्झने गर्दथ्यो। 

 शिक्षक संघ लमजुङले भने शनिबार एक कार्यक्रमको आयोजना गरी बिपीको मेलमिलाप नीतिलाई राष्ट्रव्यापी रूपमा प्रयोगमा ल्याउन आग्रह गरेको छ। 

२०३३ साल १६ पुसमा विश्वेश्वरप्रसाद कोइराला भारत निर्वासनबाट राष्ट्रिय मेलमिलापको नीति अंगीकार गरी नेपाल फर्किएका थिए। त्यति वेला उनीमाथि एक दर्जनभन्दा बढी मुद्दा अदालतमा थिए। कतिपय मुद्दाहरूको फैसलामा उनीलाई फाँसीको सजायसमेत हुने प्रावधान थियो। 

तर, ती सबै मुद्दाहरूलाई बेवास्ता गर्दै नेपालमै रहेर नेपाली आन्दोलनलाई नयाँ तवरले अगाडि बढाउने लक्ष्यका साथ देशका विभिन्न राजनीतिक दलका संघसंस्थाहरूसँग मेलमिलाप गर्दै प्रजातान्त्रिक आन्दोलनको नयाँ जग बसाउने भन्दै उनी नेपाल फर्किएका थिए।   

कांग्रेसले सोही दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको थियो। १६ पुसलाई कांग्रेसले राष्ट्रिय पर्वका रूपमा टोल कार्यसमितिदेखि वडा, नगर, प्रदेश ,जिल्ला हुँदै केन्द्रीयस्तरसम्म कार्यक्रम गरी बिपीको राष्ट्रिय एकताको सन्देशलाई आत्मसात गर्न आह्वान गर्ने गर्दथ्यो। तर, समय फेरिएको छ।

यति वेला कांग्रेस आफूभित्रै एकता कायम गर्न नसकेर आलोचित बनेको छ। खासगरी निर्वाचनमा ५ दलीय गठबन्धन बनाएर होमिएको र गठबन्धनमार्फत देशको सबैभन्दा ठूलो राजनीतिक दल बनेको कांग्रेस माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अप्रत्याशित दुर्घटनाका कारण आन्तरिक विवादको भूमरीमा फसेको छ।  

गठबन्धनले आफूलाई नै प्रधानमन्त्रीमा अघि सार्नेमा ढुक्क देखिएका प्रचण्ड शेरबहादुर देउवा पुनः प्रधानमन्त्रीमा दोहोरिने इच्छा प्रकट गरेपछि बालकोटको शरणमा पुगे। 

प्रचण्डसँग तिक्तता भएकै कारण अघिल्लोपटक झन्डै दुईतिहाइको केन्द्रीय सत्ता र सबै प्रदेशको सत्ता गुमाएका एमाले अध्यक्ष केपी ओलीले योपटक त्यसलाई सही ढंगबाट अवतरण गराए। 

उनले प्रचण्डलाई अघि सारेर राष्ट्रपति सभामुखदेखि कम्तीमा चार प्रदेशका मुख्य मन्त्रीहरू र केन्द्रीय सरकारमा कम्तीमा १० जना मन्त्रीहरूलाई सुरक्षित अवतरण गराउने बाटो रोजे।

जसले पाँचदलीय गठबन्धनको प्रमुख हिस्सेदार नेपाली कांग्रेसमा खैलाबैला मच्चायो र अन्ततः कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म सबै राजनीतिक पदहरूबाट हात धुनुपर्यो।

पछिल्लो समय कांग्रेस कार्यकर्ता बिपीलाई सम्झनुभन्दा पनि कांग्रेस नेतृत्वले सही व्यवस्थापन नगरेको भन्दै सभापति शेरबहादुर देउवाको राजीनामाको माग गर्न थालेका छन्।

यतिबेला कांग्रेस नेता कार्यकर्तामा बिपीको मेलमिलापको नीतिभन्दा पनि मुखमा आएको सत्ता गुमाउनु पर्दाको पीडा ज्यादा देखिन्छ। नेता–कार्यकर्ता सत्तामोहकै अघिपछि दौडिरहेको अवस्थामा उसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघले भने मेलमिलाप दिवसलाई सम्झेको छ।

बेँसीसहरस्थित बिपी स्मृति भवनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं गण्डकी प्रदेश सांसद भेषबहादुर पौडेलले कांग्रेसले बिपीको मेलमिलापको नीतिलाई अक्षरशः  कार्यान्वयनमा ल्याए कांग्रेसले देशको अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने बताए।

पछिल्लो समय कांग्रेस बिपीको विचारभन्दा पनि सत्ता, शक्ति र स्वार्थको पछाडि लाग्दा आमकार्यकर्तामा निराशा पैदा भएको भन्दै पौडेलले राजनीतिलाई विशुद्ध समाजसेवा रूपमा लिन आग्रह गरे। 

नेपालका हरेक आन्दोलनमा र परिवर्तनहरूको नेतृत्व कांग्रेसले गरेको भन्दै पौडेलले समृद्धिको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने विचार व्यक्त गरे। उनले भने, ‘हामीसँग राजनीतिक लडाइँ सकिएका छन्, अबको लडाइँ समृद्धिको हो। समृद्धिको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने हो। तर, यति वेला केन्द्रीय नेतृत्वले सही व्यवस्थापन गर्न नसक्दा धेरै कार्यकर्ता तथा जनताहरूमा निराशा छाएको छ। ’