१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १९:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

इतिहासमै महँगो पारिश्रमिक, साउदी क्लबमा रोनाल्डो अनुबन्धित  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:३९:oo

विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्नबाट चुकेका फुटबल ‘स्टार’ क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमानी राख्न सफल भएका छन्। विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन्। 

साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर पारिश्रमिक लिने गरी उनले शुक्रबार सम्झौता गरेका हुन्।युरोपका ‘स्टार’ खेलाडी रोनाल्डो एसियाको मध्य पूर्वी मुलुकमा अधिक मूल्य लिएर अनुबन्धित हुनुलाई फुटबल र उनका प्रशंसकका लागि ऐतिहासिक क्षण बनेको छ। 

रोनाल्डोले जुन २०२५ सम्म सम्झौतामा हस्ताक्षर गरेका अल नासरले जनाएको छ। पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले आफ्नो ‘करियर’मै यो सम्झौताले इतिहासमा सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीका रूपमा चिनाएको छ। उनले आफूलाई भाग्यशाली ठान्दै साउदीमा नयाँ फुटबल लिगको अनुभव गर्न आतुर रहेको बताए। 

ad
ad