१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १९:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बसले ठक्कर दिँदा स्कुटरचालकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२६:oo

बसले ठक्कर दिँदा स्कुटरचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भानु नगरपालिका–१३ समजुर बस्ने ३२ वर्षीय शेख महमद रखिम मियाँ रहेको प्रहरीले जनाएको छ।

शनिबार पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–५ याम्पामा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको प्र. नं. ३–०१–००६ ख ०९२४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मियाँको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो। बसचालक सिन्धुली गोलञ्जोर गाउँपालिका–४ बस्ने ३३ वर्षीयबहादुर ठकुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।