Skip This
अदानचुली गाउँपालिका : पालिका अपहरण गरेको भन्दै उपाध्यक्षले दिए अख्तियारमा उजुरी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १६:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अदानचुली गाउँपालिका : पालिका अपहरण गरेको भन्दै उपाध्यक्षले दिए अख्तियारमा उजुरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१८:oo

हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापामाथि पालिका अपहरण गरेको आरोप लागेको छ।

गाउँपालिका उपाध्यक्ष कर्णबहादुर रोकाया (सुधार)ले अध्यक्षले नियुक्त गरेका निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालले पालिकालाई अपहरण गरी सुर्खेतबाट सञ्चालन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा मुद्दा दायर गरेका हुन्।

उपाध्यक्ष रोकायाले गत मंसिर ११ गते अनुचित कार्य गरेको भन्दै मुद्दा दायर गरेका पाइएको हो। यद्यपि, उजुरीमा पालिका अध्यक्ष मोहनविक्रम सिंहको नाम भने उल्लेख छैन। उपाध्यक्ष रोकायाले गत असार १० गते गाउँपालिकाको गाउँ सभाले विनियोजन गरेको विभिन्न शीर्षकको बजेट कहाँ, कसरी र कती बाँडफाँड गर्ने भनेर अहिलेसम्म कुनैपनि निर्णय नभएको दाबी गरेका छन्।

कार्यपालिकामा कुनै निर्णय नगरी, नगराई गाउँपालिकाबाहिर लामो समयसम्म बसी मनोमानी ढंगले चालु खर्चबाट निकासा गरेको उनको आरोप छ। प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापाले ग्लोबल आइएमई बैंकको सुर्खेत शाखाबाट चालु खर्चबाट तीन करोड २१ लाख २२ हजार २८३ रुपैयाँ र पुँजीगत खर्चबाट ३० लाख ८४ हजार ५७४ रुपैयाँ निकासा गरेको उपाध्यक्ष रोकायाको दाबी छ।

अख्तियारमा दायर उजुरीमा भनिएको छ, ‘गत असार १० गतेको गाउँ सभाको सर्वसम्मत निर्णय (एजेण्डा)को अवज्ञा गर्दै यस गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि र गाउँ  कार्यपालिकाको बे–वास्ता गरी अधिकारमाथि पूर्ण हस्तक्षेप गर्दै कैयौं रकम निकासा गरी व्यक्तिगत प्रयोजनमा खर्च भएको देखिएको छ।’ साथै व्यक्तिगत प्रयोजनमा खर्च गरी अनुचित कार्य गर्ने शाही र लेखापाल थापा गत भदौदेखि अहिलेसम्म पालिकामा हाजिर नभएको पनि उजुरीमा उल्लेख छ।

हाकिम र लेखापालले मिलेमतोमा सुर्खेतमै व्यक्तिगत हाजिर लगाई तलब खाने र सुर्खेतबाटै आफ्ना ईच्छाएका व्यक्तिलाई करार पदमा नियुक्ति गरी गाउँपालिका कार्यालयमा हाजिरै नगराई उतैबाट तलवसमेत खुवाएको उपाध्यक्षको आरोप छ।

उपाध्यक्ष रोकायाले निमित्त प्रमुख शाही र थापाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम’ अनुचित कार्य गरेकाले झिकाएर निकासा भएको रकमबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मागसमेत गरेका छन्। साथै उनले अनुचित ठाउँमा हिनामिना भएको रकम शोधभर्ना तथा असुल उपर गरिदिन समेत आग्रह गरेका छन्।

व्यक्तिका नाममा मनोमनी चेक काटेर रकम भुत्तानी 

सुर्खेतमै हाजिर लगाएर तलब खाने र आफ्ना इच्छाएका व्यक्तिलाई विभिन्न करार पदमा नियुक्ति दिएकाे आराेप लागेका अधिकृत शाही र लेखापाल थापाले व्यक्तिका नाममा जथाभावी चेक काटेर रकम भुक्तानी गरेको समेत खुलेकाे छ। जसमा चालु बजेटतर्फ दुई करोड र पुजीँगततर्फ ६ करोड ६८ लाखको चेक विभिन्न व्यक्तिको नाम काटिएको देखिन्छ। 


यस्तो छ उपाध्यक्ष रोकायाले अख्तियारमा दिएको उजुरी :