मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रवण थापा सर्लाही
२०७९ पौष १६ शनिबार ०८:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छुट्टाछुट्टै  सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ पौष १६ शनिबार ०८:५९:००

सर्लाहीमा छुट्टाछुट्टै  सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । शुक्रबार राती हरिपुर र बाँके जंगलमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको हो । हरिपुर नगरपालिका–८, जगतपुर स्थित मलंगवा–नवलपुर सडक खण्डमा भएको दुर्घटनामा साईकल यात्री हरिपुर–२ बस्ने ३५ वर्षका चक्रेश्वर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रदेश २–०३–००१ च २३९६ नम्बरको बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारको लागि विरगंज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । शव परिक्षणको लागि प्रदेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ । 

यस्तै इश्वरपुर नगरपालिका–१२, बाँके जंगलस्थित पुर्वपश्चिम लोकमार्गमा भएको मोटरसाईकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । राती ना १ ब २५५६ नम्बरको सरकारी मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–३, बस्ने ३० वर्षका रोशन यादवको मृत्यु भएको हो । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । दुर्घटनामा संलग्न दुवै सवारी र बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।