मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Tuesday, 15 July, 2025
२o७९ पौष १५ शुक्रबार १५:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धादिङबेँसीमा जिल्ला सहकारी बजार सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार १५:४९:oo

जिल्ला सदरमुकाम धादिङबेँसीमा जिल्ला सहकारी बजार सञ्चालनमा आएको छ। किसानलाई उचित मूल्य दिलाउने र उपभोक्तालाई सुपथ मूल्यमा कृषिजन्य उत्पादन बिक्री–वितरण गर्ने उद्देश्यले जिल्ला सहकारी संघले बिहीबारदेखि सहकारी बजार सञ्चालनमा ल्याएको हो।

सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)को आर्थिक तथा प्राविधिक सहयोगमा ७० लाख ८५ हजार लागतमा बजार संरचना निर्माण तथा मर्मत गरिएको धादिङ जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष रामचन्द्र आचार्यले जानकारी दिए। कृषि ज्ञान केन्द्र र सहकारी संघ धादिङको समन्वयमा जिल्लास्तरीय सहकारी बजार सञ्चालनमा ल्याइएको हो।

‘किसानले भन्दा बिचौलियाले बढी मुनाफा लिइरहेका छन्। किसानलाई उनीहरूको उत्पादनको उचित मूल्य दिलाउन र उपभोक्तालाई पनि सुपथ मूल्यमा ताजा खान पाउने वातावरण बनाउन सहकारी बजार सञ्चालनमा ल्याएका हौँ,’ उनले भने।

धादिङ जिल्लाभर उत्पादित कृषिजन्य उत्पादन संकलन तथा बिक्री–वितरण गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताए। ‘जिल्लाका १३ वटै पालिकामा उत्पादिन कृषिउपज खाद्यान्न, तरकारी तथा फलफूल, दुग्धजन्य उत्पादनको बिक्री–वितरण, बजारीकरण गरिनेछ,’ उनले भने, ‘हामीले सञ्चालनमा ल्याएको सहकारी बजारबाट बिक्री गर्छाैँ । यहाँ बिक्री नभएका कृषिजन्य उत्पादन नजिकका अन्य बजारमा लगेर बिक्री गर्छाैँ । तर, बिचौलियाले लिने मार्जिन कम गरी किसानको आयलाई वृद्धि गर्न दीर्घकालीन सोच छ।’