१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १२:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाल क्लियरिङ हाउस ‘एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’बाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १२:११:oo

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ अवार्डबाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको उक्त अवार्डको फिनटेक विधामा एनसिएचएल सम्मानित भएको हो।

बिहीबार आयोजित एक समारोहबीच विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट संस्थाहरूलाई अवार्ड प्रदान गरिएको थियो। सो क्रममा भुक्तानीका पूर्वाधार स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणमा पुर्‍याएको योगदान र यसका निम्ति संस्थागत रूपमा अपनाएका परिणाममुखी अभ्यासहरूको सम्मानस्वरूप एनसिएचएललाई अवार्ड प्रदान गरिएको हो।


भुक्तानी पूर्वाधारहरू निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसिएचएलले विद्युतीय चेक क्लियरिङ, अन्तरबैंक विद्युतीय भुक्तानी, कनेक्ट आइपिएस, कनेक्ट आरटिजिएस, नेसनल पेमेन्ट इन्टरफेस, कर्पोरेटपे र रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपालपे क्युआरलगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरू सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पुर्‍याउँदै आएको छ।

उक्त अवार्डले एनसिएचएललाई आफूले गर्दै आएका कामप्रति थप जिम्मेवारीबोध गराएको र उक्त कार्यलाई निरन्तरता दिन थप प्रोत्साहित गरेको कम्पनीले जनाएको छ।

ad
ad