मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १५ शुक्रबार १०:०३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महानगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन सुरू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १५ शुक्रबार १०:०३:००

महिला नगर प्रहरीमाथि दुर्व्यवहारर गरेको आरोप लागेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेमाथि छानबिन थालिएको छ । छानबिनका लागि काठमाडौं महानगरको न्यायिक समितिले ८ पुसमा तीन सदस्यीय छनबिन समिति गठन गरेको थियो । 

आफूमाथि दुर्व्यवहारर गरेको भन्दै नगर प्रहरी हबल्दार गंगा उप्रेतीले उजुरी दिएकी थिइन् । उजुरी दिए पनि छानबिन भएको थिएन । उनीहरूले विरोध गरेपछि मात्रै न्यायिक समितिले सुनुवाइका लागि छानबिन समिति गठन गरेको हो ।

महानगरका अनुसार सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको छ । सदस्यमा न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक सरिताकुमारी राई छन् । समितिले छानबिन गरेपछि मात्रै वास्तविकता थाहा हुने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनका अनुसार १५ दिनको समय तोकिएको छ । 

गत १४ असोजमा एसपी राजुनाथ पाण्डेसँग नगर प्रहरी गंगा उप्रेतीले बिदा माग्दा अपमानजनक व्यवहार गरेको आरोप छ । दुधेबालकको हेरचाह र उपचार गर्न बिदा माग्दा एसपी पाण्डेले बिदा नदिएको र अपमान गरेको भन्दै उप्रेतीले प्रमुख प्रशासकीय अधिकृतसँग गुनासो गरेकी थिइन् । त्यसपछि उनलाई प्रशासकीय शाखामा सरुवा गरिएको थियो ।