१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ पौष १४ बिहीबार २२:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश सभा भवन अपांगमैत्री नहुँदा अपांगता भएकी सांसदलाई सास्ती

Read Time : < 1 मिनेट
२०७९ पौष १४ बिहीबार २२:१२:००

बागमती प्रदेश सभाको भवन पूर्ण–अपांगमैत्री नहुँदा स्पाइनल कर्ड इन्जुरी भएकी सांसद लक्ष्मी घिमिरेले प्रदेश सभामा पहिलो दिन नै समस्या भोग्नुपरेको छ । 

बिहीबार प्रदेश सभा सदस्यहरूको शपथ कार्यक्रममा हुन घिमिरे ह्विलचियरमा आएकी थिइन् । तर, सभा भवन पूर्ण–अपांगमैत्री नहुँदा शपथ कार्यक्रममा सहभागी हुन उनलाई निकै कष्ट पर्यो । 

उनले शपथग्रहण कार्यक्रम सोचेजस्तो सजिलो नभएको गुनासो गरिन् । ‘अपांगता भएकाहरूका लागि विशेष व्यवस्था होला भन्ने लागेको थियो । तर, त्यस्तो केही रहेनछ । शपथ ग्हणको लागि आउँदा कष्ट भयो,’ सांसद बनेकी घिमिरेले पहिलो दिन नै भोग्नुपरेको तीतो अनुभव सुनाइन् । रामेछाप घर भएकी घिमिरेलाई राप्रपाले समानुपातिकतर्फबाट सांसद बनाएको हो । 

उनले केही दिनअघि राष्ट्रिय अपांग महासंघले अपांगमैत्री संरचना हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको स्मरण गराउँदै त्यसको खासै सुनुवाइ नभएको बताइन् । प्रदेश सभा भवनबाहिर भएको भिडभाडका कारण सांसद घिमिरेलाई शपथग्रहणको लागि सभा हलभित्र प्रवेश गर्न निकै सास्ती व्यहोर्नुपरेको थियो । 

प्रदेश सभाका सचिव कृष्णहरि खड्काले भने अपांगता भएका व्यक्ति प्रदेश सभा सदस्यमा निर्वाचित भएको जानकारी पाएसँगै प्रदेश सभा हललाई अपांगमैत्री बनाउने प्रयास गरेको बताए । उनले प्रदेश सभा हलसँगै चमेना गृह पनि अपांगमैत्री बनाएको दाबी गरे । उनले संसदीय दलको कार्यालय पनि अपांगमैत्री बनाउने तयारी भइरहेको जानकारी दिए । 

सचिव खड्काले नयाँ बन्दै गरेको प्रदेश सभा भवन भने पूर्ण अपांगमैत्री हुने दाबी गरे । उनले अपांगता भएका प्रदेश सदस्यलाई निश्चित स्थान र क्रम तोकेर एकजना व्यक्तिलाई सहयोगीका रूपमा बस्ने व्यवस्था गर्ने तयारी भइरहेको पनि बताए ।