१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १४ बिहीबार १६:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उखु किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार १६:४१:oo

उखु किसानको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानको समस्याको सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभाका सांसदहरूले समस्याको समाधान दीर्घकालीन रूपमा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

उखु किसानको समस्यालाई बारम्बार बल्झाउन नहुनेमा सांसदहरूले जोड दिए। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नगदेबालीको रूपमा रहेका उखुलगायतका बालीलाई व्यक्तिगत रूपमा मात्रै लगाएमा समस्या दोहोरिइरहने बताए। उनले उखुबालीलाई सामूहिक उत्पादन गर्नुपर्नेमा जोड दिए। त्यस्तै, चिनी उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ। 

त्यसैगरी, राष्ट्रिय सभा सदस्य कमला पन्तले उद्योगीले किसानलाई समयमै रकम भुक्तानी नगर्ने गरेको भए पनि यसप्रति सरकार गम्भीर नभएको बताइन्। उनले उखु उत्पादनलाई सहकारीको माध्यमबाट अगाडि बढाउन सके राम्रो हुने धारणा व्यक्त गरिन्। निजी क्षेत्र, सरकार र सहकारी मिलेर उखु उत्पादन गर्नुपर्नेमा उनको जोड छ।

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सरकारले नीतिगत निरन्तरता नदिनाले उखु किसानको समस्या समाधान हुन नसकेको औँल्याइन्। सरकार बदलिनासाथ नीति पनि बदलिने हुँदा उखु किसानको समस्या दिनप्रतिदिन बल्झिएको उनले बताइन्। समस्या समाधानका निम्ति एउटै नीतिको निरन्तरता हुनुपर्नेमा उनको जोड छ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसानका धेरै समस्या रहेको भन्दै उनले समस्या समाधानका निम्ति सरकारले चासो नदिएको बताए। उखु किसानलाई उखु किसान भएरै बाँच्न दिन आग्रह गर्दै उनले सरकारले समयमै मल र उद्योगले भुक्तानी नदिने गरेको बताए।